काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारले चालु आर्थिक वर्षमा राखेको राजस्व संकलनको लक्ष्य पूरा गर्ने बताएका छन् । उनले देशमा सुशासन कायम गरेरै १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पूरा गरिने बताएका हुन् ।
राष्ट्रिय कर दिवसका अवसरमा बोल्दै अर्थमन्त्री वाग्लेले गत वर्षको तुलनामा यस वर्ष करिब २७ प्रतिशत बढी राजस्व संकलन गर्ने लक्ष्य राखिएको जानकारी दिए । यो लक्ष्य महत्त्वाकांक्षी भए पनि सुशासनमार्फत पूरा गर्ने उनको भनाइ छ ।
उनका अनुसार गत वर्ष सरकारले १२ खर्ब ५० अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । करिब ७० खर्ब रुपैयाँको अर्थतन्त्र भएको देशमा अहिले पनि १२ खर्ब रुपैयाँ हाराहारी मात्रै राजस्व संकलन भइरहेको उनले बताए ।
अर्थमन्त्री वाग्लेले कोभिड महामारीपछि नेपालको राजस्व संकलन वृद्धिदर औसतमा ७ देखि ९ प्रतिशतमा सीमित रहेको बताए । यस्तो वृद्धिदरले अपेक्षित लक्ष्य पूरा गर्न नसक्ने भएकाले यस वर्ष २७ प्रतिशतको वृद्धि लक्ष्य राखिएको उनको भनाइ छ ।
उनले कर नीतिमा स्थिरता र पूर्वानुमान गर्न सकिने व्यवस्था हुनुपर्नेमा पनि जोड दिए । करजस्ता महत्त्वपूर्ण विषयमा पटक–पटक र हरेक हप्ता नीतिगत परिवर्तन गर्नु उचित नहुने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया