काठमाडौं । वस्तु व्यापारतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा सिजी इम्पेक्स प्रालि सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा सरकारले कम्पनीलाई सम्मान गरेको हो ।
‘कर न्याय र सुशासनको सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने नाराका साथ मनाइएको राष्ट्रिय कर दिवसमा कम्पनीलाई सम्मान पत्र प्रदान गरिएको हो ।
आन्तरिक राजस्व विभागले वस्तु व्यापारको कारोबार गर्ने करदातामध्ये सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएको भन्दै सिजी इम्पेक्सलाई सम्मान गरेको जनाएको छ ।
कम्पनीको स्थायी लेखा नम्बर (प्यान) ३०१६०९०३६ रहेको छ । सम्मान पत्रमा आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीमकुमार भुसाल, सचिव डा. घनश्याम उपाध्याय र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हस्ताक्षर गरेका छन् ।
चौधरी ग्रुपअन्तर्गत रहेको सिजी इम्पेक्स नेपालको वस्तु व्यापार तथा वितरण क्षेत्रमा सक्रिय कम्पनी हो । यसले अन्तर्राष्ट्रिय ब्रान्डका इलेक्ट्रोनिक्स, घरायसी उपकरण तथा विभिन्न उपभोग्य सामग्री आयात गरी देशभर वितरण गर्दै आएको छ ।
कम्पनीले गुणस्तरीय वस्तुको आपूर्ति र पारदर्शी व्यावसायिक अभ्यासमार्फत बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ । यस सम्मानले आगामी दिनमा पनि राज्यको राजस्वमा थप योगदान गर्न प्रेरणा मिल्ने कम्पनीले विश्वास लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया