२४ महिनाको वारेन्टीसहित सीजी इलेक्ट्रिकका एलईडी बत्ती बजारमा

लोकपथ
28
Shares

काठमाडौं । सीजी इलेक्ट्रिकले तिहार तथा छठ पर्वको अवसरमा नेपाली उपभोक्तालाई शुभकामना व्यक्त गर्दै घर तथा कार्यस्थल उज्यालो बनाउन आफ्ना एलईडी प्रकाश समाधान प्रयोग गर्न आग्रह गरेको छ ।

‘उज्यालो भनेकै सीजी एलईडी’ भन्ने सन्देशसहित कम्पनीले विभिन्न प्रकारका एलईडी बत्ती तथा विद्युतीय सामग्री बजारमा उपलब्ध गराउँदै आएको जनाएको छ ।

कम्पनीका अनुसार सीजीका एलईडी बत्तीमा फराकिलो भोल्टेज रेन्ज, लामो आयु, फराकिलो प्रकाश क्षेत्र र ऊर्जा बचत गर्ने विशेषता छन् । यी बत्ती घर, कार्यालय, अस्पताल, राजमार्ग, पसल तथा होटललगायत विभिन्न स्थानमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

त्यस्तै, कम्पनीले आफ्ना एलईडी बत्तीमा २४ महिनाको वारेन्टी सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।

तिहारको उज्यालो र छठ पर्वको आस्था तथा सद्भावलाई आत्मसात् गर्दै कम्पनीले सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी छाओस् भन्ने कामना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?