नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आवश्यक सामग्री हस्तान्तरण

लोकपथ
21
Shares

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेट गरी समसामयिक विषयमा छलफल गरेको हो ।

भेटका क्रममा अध्यक्ष उप्रेतीले नाडाको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रशासन कार्यालयलाई आवश्यक सामग्री हस्तान्तरण गरेका हुन् ।

नाडाले राष्ट्रिय विपत्ति तथा विभिन्न आपत्कालीन अवस्थामा सरकारी तथा अन्य सम्बन्धित निकायलाई आवश्यक सामग्री र सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ ।

यस्ता सहयोगले सामाजिक उत्तरदायित्व पूरा गर्नुका साथै सरकारी निकायसँगको सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने नाडाको विश्वास छ ।

सामग्री हस्तान्तरण कार्यक्रममा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल तथा केन्द्रीय कार्यसमिति सदस्य दीपककुमार अग्रवाल र नारायणप्रसाद पौडेलको उपस्थिति थियो ।

नाडाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सहयोगात्मक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?