कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कांग्रेसले पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएको छ ।

कांग्रेस महामन्त्री प्रदीप पौडेलले समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको जानकारी दिएका हुन् । उनका अनुसार बैठक केहीबेरमै सुरु हुनेछ ।

बैठकमा पार्टी सभापति, वरिष्ठ उपसभापति, उपसभापतिहरू, महामन्त्रीहरू र प्रतिनिधिसभामा विपक्षी दलका नेता सहभागी हुनेछन् ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था र समसामयिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?