भारतीय विदेश सचिव मिस्रीले आज परराष्ट्र, अर्थ र भौतिक पूर्वाधारमन्त्रीसँग भेटवार्ता गर्ने

लोकपथ
7
Shares

काठमाडौं । दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधारमन्त्रीसँग भेटवार्ता गर्ने भएका छन् ।

मिस्री आज बिहान नेपाल आइपुगेका हुन् । प्रधानमन्त्री बालेन शाहको मङ्सिर पहिलो सातादेखि हुने भनिएको भारत भ्रमणको तयारीका लागि उनी नेपाल आएका हुन् ।

उनले आज बिहान ११ बजे परराष्ट्रमन्त्री खनालसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेट गर्नेछन् ।

परराष्ट्र सचिव राईसँगको भेटपछि उनले अर्थमन्त्री वाग्ले र भौतिक पूर्वाधारमन्त्रीसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।

भारतीय विदेश सचिव मिस्रीले भोलि प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गर्ने स्रोतले जनाएको छ । भोलि दिउँसो स्वदेश फर्किनुअघि उनले प्रधानमन्त्रीसँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?