काठमाडौं । बजाज पल्सरले आयोजना गरेको युवाकेन्द्रित कार्यक्रम ‘पल्सर आरपीएम’ पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा ३ हजारभन्दा बढी दर्शक सहभागी भएका छन् ।
कात्तिक १४ गते पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा आयोजित कार्यक्रममा मोटरसाइकल स्टन्ट, क्यालिस्थेनिक्स, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, ग्राफिटी लगायतका गतिविधि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा पल्सर एन१६० मार्फत गरिएको मोटरसाइकल स्टन्टले दर्शकको ध्यान आकर्षित गरेको थियो । त्यस्तै, क्यालिस्थेनिक्स प्रतियोगितामा सहभागी खेलाडीले आफ्नो शारीरिक क्षमता र सीप प्रदर्शन गरेका थिए ।
स्थानीय बीएमएक्स राइडर, स्केटबोर्डर, ब्रेकिङ कलाकार, ग्राफिटी आर्टिस्ट तथा आर्म रेस्लिङका सहभागीले पनि आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । डिजे जेन्टल–जीको सांगीतिक प्रस्तुतिसँगै फुड तथा कफी स्टलले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो ।
कार्यक्रमस्थलमा पल्सर एन१६० र एनएस२०० मोटरसाइकल प्रदर्शनका साथै टेस्ट राइडको व्यवस्था पनि गरिएको थियो । यसले सहभागीलाई दुवै मोटरसाइकल चलाएर अनुभव लिने अवसर दिएको थियो ।
यसअघि काठमाडौं र बुटवलमा आयोजना भइसकेको पल्सर आरपीएमको पोखरा संस्करणले स्थानीय युवा, कलाकार र खेलाडीलाई एउटै मञ्चमा जोडेको कम्पनीले जनाएको छ ।
कार्यक्रममा पल्सर आरपीएमका स्टन्ट राइडर रबिन श्रेष्ठले पोखरेली दर्शकको साथ र उत्साहप्रति आभार व्यक्त गरेका थिए ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने कलाकार, खेलाडी, साझेदार, सञ्चारकर्मी, आयोजक टोली तथा सहभागीलाई बजाज पल्सरले धन्यवाद दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया