प्रधानमन्त्री राहत कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा

लोकपथ
49
Shares

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम १८ अर्ब रुपैयाँ नाघेको छ ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितलाई राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार असोज २५ गते बिहान ९ बजेसम्म दुवै कोषमा गरी कुल १८ अर्ब ९ करोड ३२ लाख ३६ हजार ८५२ रुपैयाँ मौज्दात रहेको छ ।

कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नौवटा वाणिज्य बैंकमा रहेका खातामा १३ अर्ब ४८ करोड ४ लाख २९ हजार ६४ रुपैयाँ जम्मा भएको छ ।

त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा गरी ३ करोड ४ लाख ९१ हजार ४४४ अमेरिकी डलर मौज्दात रहेको कार्यालयले जनाएको छ ।

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि कोषमा आर्थिक सहयोग आउने क्रम जारी रहेको छ । संकलित रकम विपद् प्रभावितलाई आवश्यक सहयोग उपलब्ध गराउन उपयोग गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?