एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट 

लोकपथ
7
Shares

काठमाडौं । एनसेलका ग्राहकले ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवामा विशेष छुट पाउने भएका छन् । एनसेल र ट्रान्क्विलिटी स्पाबीच भएको साझेदारीअन्तर्गत ग्राहकले बाइ वान गेट वानसहित विभिन्न छुट पाउने भएका हुन् ।

४९९ वा सोभन्दा बढी मूल्यको प्रिपेड प्याक वा पोस्टपेड प्लान खरिद गर्ने ग्राहकले सिग्नेचर मसाज, बडी स्क्रब, शिरोधारा र प्रिमियम केयर फेसियलमा ‘बाइ वान गेट वान’ अफर पाउनेछन् । अर्थात् दुई जनाले एक जनाको मूल्यमा सेवा लिन सक्नेछन् ।

त्यस्तै, एक्लै सेवा लिने ग्राहकले स्पा सेवामा २५ प्रतिशत र ब्युटी सेवामा २० प्रतिशत छुट पाउनेछन् । यी सुविधा नेपाली नागरिकका लागि मात्र उपलब्ध हुने एनसेलले जनाएको छ ।

९९ देखि ४९९ भन्दा कम मूल्यका प्याक वा प्लान प्रयोग गर्ने ग्राहकले पनि छुट पाउनेछन् । युवा तथा अन्य ग्राहकले स्पा सेवामा २० प्रतिशत छुट पाउनेछन् भने पर्यटकले १० प्रतिशत छुट पाउनेछन् ।

यससम्बन्धी सम्झौता एनसेलका प्रोडक्ट्स डाइरेक्टर ललित शारडा र ट्रान्क्विलिटी स्पाका चिफ अपरेटिङ अफिसर रनिल फैजुले गरेका हुन् ।

अफर लिन ग्राहकले एनसेल एप खोलेर ‘पार्टनर्ड सर्भिसहरू’ मा गई ट्रान्क्विलिटी स्पा छनोट गर्नुपर्नेछ । त्यसपछि आधिकारिक आउटलेटमा गएर उपलब्ध सुविधा लिन सकिनेछ । एपमा देखाइने लाभ ग्राहकले खरिद गरेको प्याक वा प्लानका आधारमा निर्धारण हुनेछ ।

एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले ग्राहकलाई कनेक्टिभिटीसँगै थप मूल्य र सुविधा दिने उद्देश्यले साझेदारी गरिएको बताए ।

यो सहकार्य एनसेलको पार्टनर इकोसिस्टम विस्तार गर्दै ग्राहकलाई विभिन्न सेवा र छुट उपलब्ध गराउने योजनाअन्तर्गत गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?