काठमाडौं । नेकपा (एमाले)ले स्थायी कमिटीको पहिलो बैठक बोलाएको छ ।
पार्टीको ११औँ महाधिवेशनपछि पहिलोपटक स्थायी कमिटी बैठक बस्न लागेको हो । बैठक यही असोज २२ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बैठकमा पार्टीका आगामी काम तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
महाधिवेशनपछि नयाँ नेतृत्व चयन भएको अवस्थामा बस्न लागेको स्थायी कमिटीको बैठकलाई पार्टीका आगामी गतिविधि र सांगठनिक निर्णयका दृष्टिले महत्वपूर्ण मानिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया