घटस्थापनादेखि टीकासम्म, यस्तो छ यस वर्षको दशैँको शुभसाइत

लोकपथ
0
Shares

काठमाडौं । यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे निर्धारण गरिएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको बडादशैँको शुभसाइतअनुसार कात्तिक ४ गते बुधबार विजया दशमी तथा देवी विसर्जन परेको छ । सोही दिन बिहान १०ः२६ बजे टीकाको शुभसाइत रहेको समितिले जनाएको छ ।

समितिका अनुसार यस वर्ष असोज २५ गते आइतबार बिहान ११ः४७ बजे नवरात्रारम्भ तथा घटस्थापना हुनेछ ।

त्यस्तै, असोज ३१ गते शनिबार बिहान ७ः३७ बजे फूलपाती भित्र्याउने साइत रहेको छ । कात्तिक १ गते आइतबार बिहान १०ः३९ बजे महाष्टमी र कात्तिक ३ गते मंगलबार महानवमी परेको समितिले जनाएको छ ।

विजया दशमीका दिन टीका लगाउँदा पश्चिम मोहडा गरेर टीका लगाइमाग्ने व्यक्तिले पश्चिमतर्फ फर्किनुपर्ने समितिले जनाएको छ ।

दशैँको मुख्य दिन मानिने विजया दशमीमा शुभसाइतमा मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने परम्परा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?