इनफिनिक्स जीटी ५० प्रो नेपालमा सार्वजनिक, मूल्य ८४ हजार ९९९ रुपैयाँ

लोकपथ
0
Shares

काठमाडौं । इनफिनिक्सले गेमर तथा पावर युजरलाई लक्षित गर्दै नयाँ स्मार्टफोन इनफिनिक्स जीटी ५० प्रो नेपालमा सार्वजनिक गरेको

कम्पनीका अनुसार ‘लिक्विड फ्लो, हाइपर परफर्मेन्स’ अवधारणामा आधारित यो स्मार्टफोनमा हाइड्रोफ्लो लिक्विड कुलिङ, १४४ एफपीएस गेमिङ इकोसिस्टम र प्रेसर–सेन्स जीटी ट्रिगर्सजस्ता गेमिङ केन्द्रित सुविधा छन् ।

जीटी ५० प्रोमा लामो समय गेम खेल्दा फोन तात्न नदिन हाइड्रोफ्लो लिक्विड कुलिङ प्रविधि प्रयोग गरिएको कम्पनीले जनाएको छ । यसले गेमिङ तथा हेभी एप्लिकेसन चलाउँदा फोनको परफर्मेन्स स्थिर राख्न सहयोग गर्ने दाबी कम्पनीको छ ।

त्यस्तै, १४४ एफपीएस गेमिङ इकोसिस्टमले गेमलाई थप स्मुथ र फ्लुइड बनाउन सहयोग गर्ने जनाइएको छ । फास्ट–पेस्ड तथा प्रतिस्पर्धात्मक गेम खेल्दा उच्च फ्रेम रेटले गेमप्लेको रेस्पोन्सिभनेस सुधार गर्ने कम्पनीको भनाइ छ ।

गेमिङमा थप सहज कन्ट्रोलका लागि फोनमा प्रेसर–सेन्स जीटी ट्रिगर्स दिइएको छ । यसले टचस्क्रिनबाहेक थप कन्ट्रोल विकल्प दिने र कन्सोल शैलीको गेमिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

जीटी ५० प्रोमा डल्बी एटमससहित हाई–रेज अडियो र हाई–रेज अडियो वायरलेसको सपोर्ट पनि रहेको छ । यसले गेमिङ, मनोरञ्जन तथा मल्टिमिडिया प्रयोगमा इमर्सिभ अडियो अनुभव दिने कम्पनीको दाबी छ ।

फोनमा डेडिकेटेड एन१ नेटवर्क चिप पनि राखिएको छ । यसले गेमिङका क्रममा नेटवर्क स्थिरता र रेस्पोन्सिभनेस सुधार गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।

जीटी ५० प्रो १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भेरियन्टमा नेपालमा उपलब्ध छ । यसको मूल्य ८४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

फोन खरिदमा इनफिनिक्सले शून्य ईएमआई सुविधा पनि उपलब्ध गराएको छ । कम्पनीका अनुसार मासिक ईएमआई ४ हजार २५० रुपैयाँदेखि सुरु हुनेछ । यो सुविधा गुडविल फाइनान्स लिमिटेड, नियोफिन हायर पर्चेज प्रालि र एमएडब्लूका माध्यमबाट उपलब्ध हुनेछ ।

शून्य ईएमआई सुविधा लिन ग्राहकले आवेदनका क्रममा वैध नागरिकता वा राष्ट्रिय परिचयपत्र पेश गर्नुपर्नेछ । फाइनान्सिङ स्वीकृति सम्बन्धित पार्टनरको नियम तथा नीतिअनुसार हुने कम्पनीले जनाएको छ ।

इनफिनिक्स जीटी ५० प्रो देशभरका अधिकृत इनफिनिक्स रिटेल स्टोर तथा स्मार्टफोन आउटलेटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?