भक्तपुरमा खुल्यो भेस्पा र अप्रिलियाको नयाँ शोरुम

लोकपथ
14
Shares

काठमाडौं । भेस्पा र अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले भक्तपुरको घलाते चोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

कम्पनीले ग्राहकको बढ्दो रुचि र सहजतालाई ध्यानमा राख्दै देशभर शोरुम विस्तार गर्ने क्रममा भक्तपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको जनाएको छ । नयाँ शोरुमबाट ग्राहकले अन्य शोरुममा उपलब्ध हुने सबै सेवा तथा सुविधा पाउनेछन् ।

शोरुममा कम्पनीले हालै सार्वजनिक गरेको नेपालकै पहिलो १७५ सीसीको अप्रिलिया एसआर १७५ स्कुटर उपलब्ध छ । साथै, लाइल्याक र गोल्डेन ओरो गरी दुई नयाँ रङमा आएका भेस्पासहित भेस्पा र अप्रिलियाका सबै मोडल बिक्रीका लागि राखिएका छन् ।

कम्पनीले नयाँ शोरुमबाट स्कुटर खरिद गर्ने ग्राहकका लागि दशैं अफरसमेत ल्याएको छ। अफरअन्तर्गत स्क्र्याचमार्फत १ लाख रुपैयाँसम्म नगद जित्न सकिनेछ भने पक्का उपहारका रूपमा अनर एक्स५ प्ले स्मार्टवाच उपलब्ध गराइनेछ ।

त्यस्तै, स्कुटर एक्सचेन्ज गर्दा २५ हजार रुपैयाँसम्म क्यासब्याक पाइने कम्पनीले जनाएको छ । नागरिकताको आधारमा शून्य प्रतिशत सर्भिस चार्जमा फाइनान्स सुविधा पनि उपलब्ध हुनेछ ।

डेल्टा अटोकर्पका डाइरेक्टर तथा सीईओ विजय महतोले भक्तपुरमा शोरुम विस्तार गर्न पाउँदा खुसी लागेको बताए । उनले भक्तपुरको कला, संस्कृति र हस्तकलाको समृद्ध विरासत भेस्पा र अप्रिलियाको इटालियन पहिचानसँग मेल खाने बताए ।

त्यस्तै, डाइरेक्टर केतन भिमसारियाले भक्तपुरको विकास यात्राको हिस्सा बन्न पाउँदा खुसी लागेको बताए। नयाँ शोरुममार्फत स्थानीय ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्ने कम्पनीको लक्ष्य रहेको उनको भनाइ छ ।

नयाँ शोरुम सञ्चालनमा आएपछि भक्तपुर तथा आसपासका ग्राहकलाई भेस्पा र अप्रिलियाका स्कुटर खरिद तथा सम्बन्धित सेवा लिन सहज हुने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?