काठमाडौं । महालक्ष्मी विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘महालक्ष्मी महा सोमबार’ योजना सार्वजनिक गरेको छ ।
योजनाअन्तर्गत बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले हरेक सोमबार दराजमार्फत अनलाइन सामान खरिद गर्दा विशेष छुट पाउनेछन् ।
बैंकका डेबिट कार्ड प्रयोगकर्ताले दराज नेपालबाट न्यूनतम १ हजार ९ सय ९९ रुपैयाँको सामान खरिद गर्दा १० प्रतिशत वा अधिकतम ७५० रुपैयाँसम्म छुट पाउनेछन् । त्यस्तै, क्रेडिट कार्ड प्रयोगकर्ताले सोही न्यूनतम खरिद रकममा १५ प्रतिशत वा अधिकतम १ हजार रुपैयाँसम्म छुट पाउने बैंकले जनाएको छ ।
यो योजना हरेक सोमबार मात्र लागू हुनेछ । छुट सीमित संख्यामा उपलब्ध हुने भएकाले पहिलो आउने ग्राहकलाई प्राथमिकता दिइने बैंकले जनाएको छ ।
बैंकका अनुसार डिजिटल भुक्तानी तथा कार्डमार्फत हुने कारोबारलाई बढावा दिनुका साथै ग्राहकलाई दैनिक खरिदमा सुविधा र बचत उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको हो ।
महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङ सेवाको विस्तारलाई प्राथमिकता दिँदै ग्राहकलाई सहज र सुरक्षित बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ । बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया