बेनेलीको दशैँ अफर सार्वजनिक, मोटरसाइकल किन्दा ४० हजारसम्म बोनस

लोकपथ
14
Shares

काठमाडौं । बेनेली नेपालले दशैँलाई लक्षित गर्दै ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ ।

नेपालमा बेनेलीका मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता वैद्य ग्रुपले नयाँ सवारीसाधन खरिदमा ४० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस दिने योजना ल्याएको हो ।

अफरअन्तर्गत ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बेनेली मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ४० हजार रुपैयाँसम्मको बोनस पाउनेछन् । कम्पनीले दशैँको अवसरमा पुरानो सवारीसाधन एक्सचेन्ज गर्ने ग्राहकलाई थप मूल्य लाभ दिने जनाएको छ ।

यस्तै, ग्राहकको खरिद प्रक्रिया सहज बनाउन कम्पनीले फाइनान्सिङ सुविधा पनि उपलब्ध गराएको छ । यस सुविधामार्फत ग्राहकले आफ्नो बजेटअनुसार किस्ताबन्दीमा बेनेलीका मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् ।

दशैँ अफरअन्तर्गत बेनेली पानारिया १२५ स्कुटर २ लाख ५९ हजार ९०० रुपैयाँ र बेनेली १८० एस मोटरसाइकल ३ लाख ८४ हजार ९०० रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?