काठमाडौं । यस वर्षको मनसुन आज बिहानदेखि नेपालको सुदूरपश्चिमसहित विभिन्न भूभागबाट बाहिरिन थालेको छ ।
नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थानबाट मनसुन बाहिरिएको छ । यस्तै, गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानबाट पनि मनसुन बाहिरिएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मनसुनी वायु कमजोर हुँदै गइरहेको छ । यसका कारण आगामी केही दिनमा नेपालको बाँकी भूभागबाट पनि मनसुन बाहिरिने सम्भावना रहेको छ ।
महाशाखाले मनसुन बहिर्गमनको प्रक्रिया र पश्चिमी वायुको सम्भावित प्रभावबारे नियमित रूपमा अनुगमन गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया