काठमाडौं । सिद्धार्थ बैंकले दराजसँगको सहकार्यमा दशैँलाई लक्षित गर्दै ‘१०–१०दशैँ धमाका’ अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा ग्राहकले १५ प्रतिशतसम्म छुट पाउनेछन्।
असोज १५ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने अफरमा सिद्धार्थ बैंकको भिसा डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशतसम्म (अधिकतम १ हजार रुपैयाँ) र भिसा क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशतसम्म (अधिकतम १ हजार ५ सय रुपैयाँ) छुट पाउने बैंकले जनाएको छ।
छुट पाउन ग्राहकले दराज एपमा रहेको ‘Mega Dashain Dhamaka 10.10’ अभियानअन्तर्गत ‘Bank Voucher’ सेक्सनमा गई सिद्धार्थ बैंकको भाउचर संकलन गर्नुपर्नेछ। संकलित भाउचर ग्राहकको दराज प्रोफाइलमा सुरक्षित हुनेछ।
त्यसपछि १ हजार ९९९ रुपैयाँ वा सोभन्दा बढीको सामान खरिद गर्दा भाउचर छनोट गरी भुक्तानीको माध्यममा ‘Visa Debit/Credit Card’ रोज्नुपर्नेछ। त्यसपछि सिद्धार्थ बैंकको भिसा डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गरेपछि छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
दशैँको समयमा अनलाइन किनमेललाई सहज, सुरक्षित र लाभदायी बनाउने उद्देश्यले अफर ल्याइएको बैंकले जनाएको छ। यस सहकार्यले ग्राहकलाई डिजिटल भुक्तानीको प्रयोगमा प्रोत्साहित गर्ने बैंकको विश्वास छ।
अफरसम्बन्धी थप जानकारीका लागि बैंकको २४ घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया