बुटवलमा असोज १७ गते ‘पल्सर आरपीएम’, युवाको प्रतिभा र सडक संस्कृति प्रस्तुत हुने

लोकपथ
21
Shares

काठमाडौं । युवाको रुचि, ऊर्जा र सिर्जनशीलतालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले ‘पल्सर आरपीएम’ बुटवलमा आयोजना हुने भएको छ ।

काठमाडौंमा सुरु भएको पल्सर आरपीएमको अर्को संस्करण असोज १७ गते (३ अक्टोबर २०२६) बुटवलस्थित ढुंगा स्केटरएड स्केट पार्कमा आयोजना हुने भएको हो । कार्यक्रम दिउँसो २ः३० बजेदेखि सुरु हुनेछ । कार्यक्रममा सहभागी हुन कुनै शुल्क लाग्ने छैन ।

कार्यक्रममा मोटरसाइकल स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, र्‍याप, डिजे प्रस्तुति र ग्राफिटी लगायतका गतिविधि तथा प्रस्तुति रहनेछन् ।

कार्यक्रमले बुटवलका युवालाई आफ्नो प्रतिभा, सीप र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर दिने आयोजकले जनाएको छ । साथै विभिन्न विधाका कलाकार तथा प्रतिभासँग जोडिने अवसरसमेत प्राप्त हुनेछ ।

काठमाडौंमा सुरु भएको पल्सर आरपीएम राजधानीबाहिर विस्तार गर्दै क्षेत्रीय युवा समुदायसँग जोडिने क्रममा रहेको छ । बुटवलमा हुने कार्यक्रमले स्थानीय युवा समुदाय र यहाँको सडक संस्कृतिलाई केन्द्रमा राख्ने जनाइएको छ ।

मोटरसाइकल, साहसिक खेल, संगीत र सडक संस्कृतिलाई एउटै मञ्चमा ल्याएर युवाको सीप, आत्मविश्वास र आत्मअभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

आयोजकले बुटवलमा आयोजना हुने पल्सर आरपीएममा सहभागी हुन सबै युवालाई आमन्त्रण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?