शून्य पार्टनर शुल्कदेखि बाइक एक्सचेन्जसम्म, याङ्गोको दशैँ अफरमा के छ ?

लोकपथ
7
Shares

काठमाडौं । याङ्गोको स्थानीय फ्लीट पार्टनर इनोहभ सर्भिसेसले आफ्नो पहिलो वार्षिकोत्सव तथा बडादशैँको अवसरमा याङ्गो इनोहभ राइडरहरूका लागि विभिन्न अफर सार्वजनिक गरेको छ ।

कम्पनीले दशैँ अवधिभर राइडरबाट कुनै पनि पार्टनर शुल्क नलिने जनाएको छ । साथै, राइडरलाई प्रोत्साहनस्वरूप रेनकोट, पावर बैंक र मोबाइल होल्डरलगायत सामग्री वितरण गरिएको छ ।

करिब एक वर्षदेखि काठमाडौं उपत्यकामा याङ्गोसँगको साझेदारीमा राइड–हेलिङ सेवा दिँदै आएको इनोहभमा हाल ५०० भन्दा बढी राइडर आबद्ध छन् । कम्पनीले २५० भन्दा बढी बाइकमार्फत सेवा दिइरहेको छ भने तिहारपछि फ्लीट संख्या बढाएर ५०० पुर्‍याउने तयारी गरेको जनाएको छ ।

आफ्नै सवारीसाधन खरिद गर्न आर्थिक रूपमा सक्षम नभएका तर राइडिङमार्फत आम्दानी गर्न चाहने व्यक्तिलाई लक्षित गर्दै कम्पनीले विनालगानी स्वरोजगारको अवसर उपलब्ध गराउँदै आएको छ ।

मोटरसाइकल लाइसेन्स र सवारी चलाउने अनुभव भएका व्यक्तिले याङ्गोको प्लेटफर्ममा अकाउन्ट खोलेर नारायणगोपाल चोक, महाराजगञ्जस्थित इनोहभको कार्यालयमा आवश्यक कागजात पेस गरेपछि कुनै अग्रिम रकम अर्थात् डाउनपेमेन्टबिनै बाइक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

राइडरले आफ्नो सुविधाअनुसार ‘तलब मोडल’ वा ‘रेन्टल मोडल’ छनोट गरेर काम गर्न सक्नेछन् । निश्चित सर्त पूरा गर्ने राइडरका लागि खाने तथा बस्ने सुविधासमेत व्यवस्था गरिएको छ । उपत्यकामा आबद्ध हुन चाहनेका लागि दर्ता प्रक्रिया निःशुल्क गरिएको कम्पनीले जनाएको छ ।

यसैबीच, असोजको अन्तिम साता पुराना जुनसुकै ब्रान्डका मोटरसाइकल वा स्कुटर साटेर नयाँ सवारीसाधन खरिद गर्न चाहने राइडरलाई लक्षित गरी साताव्यापी ‘बाइक एक्सचेन्ज प्रोग्राम’ आयोजना गरिने भएको छ ।

उक्त कार्यक्रममा पुराना सवारीसाधनको उच्च मूल्याङ्कन, विशेष छुट तथा सहज किस्ताबन्दीको सुविधा उपलब्ध गराइनेछ । याङ्गो राइडरका लागि शून्य प्रतिशतसम्म ब्याजदर र २४ देखि ६० महिनासम्मको कर्जा अवधिसहित तीन प्रकारका फाइनान्सिङ प्याकेज उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

स्थानीय साझेदारमार्फत सेवा विस्तार गर्ने मोडल अपनाएको इनोहभले आगामी दिनमा नेपालको राइड सेयरिङ क्षेत्रमा थप परिष्कृत तथा नवीन सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?