हिमालयन बुलियन र सगरमाथा लुम्बिनी इन्स्योरेन्सबीच सम्झौता

लोकपथ
28
Shares

काठमाडौं । हिमालयन बुलियन कम्पनी लिमिटेडले आफ्ना ग्राहकका लागि १० लाख रुपैयाँसम्मको दुर्घटना बिमा सुविधा ल्याएको छ ।

२५ वर्षदेखि गरगहना व्यवसाय गर्दै आएको कम्पनीले आफ्ना ग्राहकलाई सिल्भर, गोल्ड र डाइमन्ड गरी तीन तहको मेम्बरसिपमा वर्गीकरण गरेको छ ।

कम्पनीले यी मेम्बरसिपका ग्राहकलाई दुर्घटना बिमा सुविधा दिन सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)सँग सम्झौता गरेको हो ।

सम्झौताअनुसार बडादशैँको घटस्थापनादेखि सिल्भर मेम्बरसिप भएका ग्राहकले १ लाख रुपैयाँसम्मको दुर्घटना बिमा सुविधा पाउनेछन् । त्यस्तै, गोल्ड मेम्बरसिप भएका ग्राहकले ५ लाख रुपैयाँसम्म र डाइमन्ड मेम्बरसिप भएका ग्राहकले १० लाख रुपैयाँसम्मको बिमा सुविधा पाउनेछन् ।

ग्राहकको सुरक्षा र हितलाई प्राथमिकतामा राख्दै दशैँको अवसरमा सलिकोसँग सहकार्य गरिएको हिमालयन बुलियनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?