नेपालमा आयो टीभीएसको हाइपर स्पोर्ट्स स्कुटर एनटर्क १५०, मूल्य कति ?

लोकपथ
14
Shares

काठमाडौं । टीभीएस मोटर कम्पनीले नेपालमा पहिलो हाइपर स्पोर्ट्स स्कुटरका रूपमा टीभीएस एनटर्क १५० सार्वजनिक गरेको छ । कम्पनीले नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा नयाँ स्कुटर नेपाली बजारमा ल्याएको हो ।

काठमाडौँको नक्सालमा आयोजित कार्यक्रममा १०० भन्दा बढी सञ्चारकर्मी र ५० भन्दा बढी कन्टेन्ट क्रिएटरको उपस्थितिमा स्कुटर सार्वजनिक गरिएको हो । नयाँ पुस्ताका राइडरलाई लक्षित गरिएको एनटर्क १५० मा १४९.७ सीसीको रेस–ट्युन्ड इन्जिन र स्टेल्थ एयरक्राफ्टबाट प्रेरित डिजाइन दिइएको छ ।

१३.२ पीएस पावर, १४.२ एनएम टर्क

टीभीएस एनटर्क १५० मा १४९.७ सीसी एयर–कुल्ड O3CTech इन्जिन जडान गरिएको छ । उक्त इन्जिनले ७ हजार आरपीएममा १३.२ पीएस पावर र ५ हजार ५ सय आरपीएममा १४.२ एनएम टर्क उत्पादन गर्छ ।

कम्पनीका अनुसार स्कुटरले ६.३ सेकेन्डमै शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । यसको अधिकतम गति १०४ किलोमिटर प्रतिघण्टा रहेको छ ।

५० भन्दा बढी कनेक्टेड फिचर

एनटर्क १५० मा टीभीएस स्मार्टएक्सकनेक्ट प्रविधि दिइएको छ । यसमा ५० भन्दा बढी स्मार्ट कनेक्टेड फिचर उपलब्ध छन् ।

स्कुटरमा टर्न–बाइ–टर्न नेभिगेसन, कल तथा म्यासेज अलर्ट, विभिन्न राइड मोड र अन्तिम पटक पार्क गरिएको स्थान पत्ता लगाउने सुविधा रहेको छ ।

सुरक्षाका लागि सेग्मेन्टमै पहिलोपटक ट्र्याक्सन कन्ट्रोल र सिंगल च्यानल एबीएस दिइएको कम्पनीले जनाएको छ । त्यस्तै, हाजार्ड ल्याम्प र फलो–मी हेडल्याम्प पनि स्कुटरमा रहेका छन् ।

स्टेल्थ फाइटरबाट प्रेरित डिजाइन

एनटर्क १५० को डिजाइन स्टेल्थ फाइटर जेटबाट प्रेरित रहेको कम्पनीले जनाएको छ । यसमा मल्टिपोइन्ट प्रोजेक्टर हेडल्याम्प, एरोडाइनामिक विङ्गलेट्स, बाइक शैलीको नेकेड ह्यान्डलबार, रंगीन अलोय ह्विल र टी–सेप सिग्नेचर टेल ल्याम्प राखिएको छ ।

दैनिक प्रयोगलाई सहज बनाउन स्कुटरमा २२ लिटरको अन्डर–सिट स्टोरेज, टेलिस्कोपिक सस्पेन्सन, एडजस्टेबल ब्रेक लिभर र पेटेन्टेड ई–जेड सेन्टर स्ट्यान्ड दिइएको छ ।

३ लाख ६९ हजार ९०० रुपैयाँ मूल्य

टीभीएस एनटर्क १५० तीन रंगमा उपलब्ध हुनेछ । स्टेल्थ सिल्भर, रेसिङ रेड र टर्बो ब्लु रंगमा यो स्कुटर बजारमा ल्याइएको हो ।

कम्पनीले यसको प्रारम्भिक मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ तोकेको छ । स्कुटर नेपालभर रहेका जगदम्बा मोटर्सका आधिकारिक शोरुमबाट बिक्री सुरु भइसकेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?