दसैँमा होण्डा बाइक किन्दै हुनुहुन्छ ? यस्तो छ कम्पनीको अफर

लोकपथ
35
Shares

काठमाडौं । होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले नेपालीहरुको महान् चाड दसैँ, तिहार तथा छठलाई लक्षित गर्दै ‘यो दसैँ, आशाको सुरुवात’ योजना सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत होण्डाका नयाँ बाइक तथा स्कुटर खरिद गर्ने ग्राहकले स्क्र्याच कुपनमार्फत १ लाख रुपैयाँसम्म नगद जित्ने अवसर पाउनेछन् ।

कम्पनीका अनुसार ‘होण्डा छ साथ साथ’ अफरअन्तर्गत हरेक हप्ता सातवटै प्रदेशबाट एक–एक जना गरी सात जना भाग्यशाली ग्राहक छनोट गरिनेछ । छनोट भएका ग्राहकले १ लाख रुपैयाँसम्म नगद पुरस्कार पाउनेछन् ।

योजनाको अर्को आकर्षण ‘सहयोगको संकल्प’ रहेको कम्पनीले जनाएको छ । ग्राहकले जितेको रकम बराबरकै रकम होण्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्नेछ । यसबाट ग्राहकले पुरस्कार पाउनुका साथै विपद्मा परेका नागरिकलाई सहयोग पुग्ने कम्पनीको भनाइ छ ।

यस्तै, ग्राहकले थप तीनमध्ये कुनै एक सुविधा रोज्न सक्नेछन् । जसमा १० हजार रुपैयाँसम्मको अतिरिक्त स्क्र्याच कुपन, सात वर्षसम्म निःशुल्क सर्भिसिङ वा पाँच वर्षसम्मको वार्षिक मर्मत सम्झौता (एएमसी) रहेका छन् ।

नयाँ बाइक तथा स्कुटर खरिद गर्न ग्राहकलाई सहज बनाउन कम्पनीले स्याकार हायर पर्चेज प्रालिमार्फत फाइनान्सिङ सुविधा पनि उपलब्ध गराएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?