काठमाडौं । हुण्डाईको चर्चित कम्प्याक्ट एसयूभी ‘अल न्यू भेन्यू’ अब भैरहवा, बुटवल र दाङमा पनि उपलब्ध भएको छ । यससँगै यी क्षेत्रका ग्राहकले नयाँ भेन्यूलाई नजिकबाट हेर्न र परीक्षण गर्न सक्ने भएका छन् ।
अल न्यू भेन्यूमा आकर्षक डिजाइन, आधुनिक प्रविधि, आरामदायी सुविधा र राम्रो पर्फर्मेन्स दिइएको कम्पनीले जनाएको छ । गाडीको बाहिरी भागमा ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी रियर कम्बिनेसन ल्याम्प, डार्क क्रोम ग्रिल र सिग्नेचर सी–पिलर गार्निश राखिएको छ ।
गाडीको भित्री भागमा १०.२५ इन्चको सीसीएनसी इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, डिजिटल क्लस्टर तथा पावर्ड टिल्ट एन्ड स्लाइड सनरुफ जस्ता सुविधा छन् ।
अल न्यू भेन्यूमा १.२ लिटर एमपीआई पेट्रोल र १.० लिटर टर्बो जीडीआई पेट्रोल इन्जिनको विकल्प दिइएको छ । यी इन्जिनले दैनिक यात्रादेखि उच्च गतिमा आवश्यक पर्फर्मेन्ससम्मका लागि सहयोग गर्ने कम्पनीको दाबी छ ।
सुरक्षाका लागि गाडीमा ६ वटा एयरब्याग, ईबीडीसहितको एबीएस, इलेक्ट्रोनिक स्थिरता नियन्त्रण, सवारी साधन स्थिरता व्यवस्थापन र हिल–स्टार्ट असिस्ट नियन्त्रण जस्ता सुविधा छन् ।
नेपाली बजारमा अल न्यू भेन्यूको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यो तीन भेरियन्टमा उपलब्ध छ । जसमा एचएक्स २ (१.२ लिटर पेट्रोल), एचएक्स ५ प्लस (१.२ लिटर पेट्रोल) र एचएक्स ५ डीसीटी (१.० लिटर पेट्रोल) रहेका छन् ।
ग्राहकले भैरहवा, बुटवल, दाङलगायतका सोरुममा पुगेर गाडीको डिजाइन, प्रविधि, इन्टेरियर र पर्फर्मेन्सबारे जानकारी लिन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया