सिजीको दसैं-तिहार अफर : शून्य ब्याजमा इएमआईदेखि एक्सचेन्जसम्म

लोकपथ
14
Shares

काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले दसैं–तिहारलाई लक्षित गर्दै विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ । ‘भरोसा नेपालीको, उत्सव दशैं, तिहारको’ नाम दिइएको यो योजनाअन्तर्गत ग्राहकले अधिकतम १ लाख २ हजार रुपैयाँसम्म क्यासब्याक पाउनेछन् ।

यो योजना सिजी तथा सिजी मेरिडियाका टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन, एयर कन्डिसनरलगायतका घरायसी उपकरणको खरिदमा लागू हुनेछ ।

कम्पनीका अनुसार विभिन्न सामानको खरिदमा ग्राहकले निश्चित उपहारसमेत पाउनेछन् । फ्रन्ट लोड वासिङ मेसिन किन्दा ६ केजी सर्फ एक्सेल डिटर्जेन्ट, टप लोडिङ वासिङ मेसिनमा ४ केजी र सेमी अटोमेटिक वासिङ मेसिनमा २ केजी सर्फ एक्सेल डिटर्जेन्ट दिइनेछ ।

त्यस्तै, माइक्रोवेभ ओभन खरिदमा कुकिङ किट र एयर कन्डिसनर खरिदमा निःशुल्क जडानको सुविधा दिइएको छ ।

ग्राहकका लागि ‘नागरिकता भए पुग्छ’ भन्ने योजनासहित शून्य प्रतिशत ब्याजदरमा इएमआई सुविधा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ । साथै, सिजी इलेक्समार्फत पुरानो सामान साटेर नयाँ सामान लिन सकिने एक्सचेन्ज सुविधा पनि रहेको छ ।

कम्पनीका अनुसार ४० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा रहेको सिजीका उत्पादन देशभरका २२ वटा सिजी डिजिटल शोरुम, आधिकारिक वेबसाइट तथा बिक्री केन्द्रबाट खरिद गर्न सकिन्छ । बिक्रीपछिको सेवाका लागि सिजी केयर एप र देशभर रहेका ४० वटा सेवा केन्द्र सञ्चालनमा छन् ।

यो योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि नेपालभरका प्रमुख आउटलेटमा लागू भएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?