कर्णालीमा Ather को विस्तार : सुर्खेतमा खुल्यो १६औँ Experience Center

लोकपथ
7
Shares

सुर्खेत । विद्युतीय सवारीको बजार विस्तारसँगै Ather Nepal ले कर्णाली प्रदेशमा आफ्नो उपस्थिति थप मजबुत बनाएको छ । कम्पनीले वीरेन्द्रनगर–१२ स्थित Airport Chowk मा आफ्नो १६औँ Experience Center सञ्चालनमा ल्याएको हो ।

असोज ५, २०८३ देखि सञ्चालनमा आएको नयाँ Experience Center मार्फत सुर्खेतसहित कर्णाली क्षेत्रका ग्राहकले Ather का विद्युतीय स्कुटर, नयाँ प्रविधि, टेस्ट राइड तथा बिक्रीपछिको सेवाबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन् ।

450 Series र Rizta को अनुभव

नयाँ केन्द्रमा ग्राहकले Ather का 450 Series तथा Rizta Series का विभिन्न मोडलको जानकारी लिनुका साथै product demonstration र test ride गर्न सक्ने कम्पनीले जनाएको छ ।

Ather 450 Series मा performance र technology लाई प्राथमिकता दिइएको छ। कम्पनीका नवीनतम मोडलमा Magic Twist, Infinite Cruise तथा Voice Interactions जस्ता फिचर समावेश छन् ।

Magic Twist ले एक्सेलेरेटर ग्रिपमार्फत स्कुटरको deceleration नियन्त्रण गर्न सहयोग गर्छ भने Infinite Cruise ले लामो दूरीको यात्रामा निश्चित गति कायम राख्न सहयोग गर्छ। Voice Interactions मार्फत समर्थित कार्यहरू voice command बाट सञ्चालन गर्न सकिन्छ ।

त्यस्तै, Ather Rizta पारिवारिक प्रयोगलाई केन्द्रमा राखेर विकास गरिएको विद्युतीय स्कुटर हो। लामो सिट, आराम र दैनिक प्रयोगको practicality लाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ ।

ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी

ग्राहकको ownership experience लाई थप सहज बनाउन Ather Nepal ले Eight70 Battery Warranty उपलब्ध गराउँदै आएको छ । लागू हुने warranty terms अनुसार ब्याट्रीमा ८ वर्ष वा ८०,००० किलोमिटर, जुन पहिले आउँछ, त्यतिसम्मको warranty coverage उपलब्ध हुनेछ ।

ब्याट्री health ७० प्रतिशतभन्दा तल पुगेको अवस्थामा लागू हुने शर्तअनुसार battery replacement coverage समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Ather Nepal का अनुसार देशभर १० भन्दा बढी authorized service centers५० भन्दा बढी fast charging points सञ्चालनमा छन् । कम्पनीले सेवा तथा charging network लाई थप विस्तार गर्दै जाने जनाएको छ ।

असोज ११ सम्म विशेष Opening Offer

सुर्खेतमा नयाँ Experience Center सञ्चालनको अवसरमा Ather Nepal ले असोज ११, २०८३ सम्म विशेष Opening Scheme ल्याएको छ ।

योजनाअन्तर्गत ग्राहकले:

  • Cash Purchase: Eight70 Battery Warranty
  • Financing: 0% Interest Financing
  • Exchange: थप रु. ८,००० Additional Valuation

मध्ये आफ्नो आवश्यकताअनुसार योजना छनोट गर्न सक्नेछन्। योजना सीमित अवधिका लागि मात्र लागू हुने र सम्बन्धित terms and conditions पालना गर्नुपर्ने कम्पनीले जनाएको छ ।

कर्णालीमा विद्युतीय मोबिलिटीको पहुँच विस्तार

नेपालमा Ather Energy को authorized distributor Vaidya Energy Pvt. Ltd. ले देशभर Ather को retail, service तथा charging ecosystem विस्तार गर्दै आएको छ ।

सुर्खेतमा १६औँ Experience Center सञ्चालनसँगै कर्णाली क्षेत्रमा Ather का उत्पादन तथा सेवाको पहुँच थप विस्तार भएको छ। कम्पनीका अनुसार नयाँ केन्द्रले स्थानीय ग्राहकलाई विद्युतीय स्कुटर खरिदपूर्वको अनुभवदेखि बिक्रीपछिको support सम्म थप सहज पहुँच प्रदान गर्नेछ ।

Ather Nepal ले सुर्खेतमा Experience Center विस्तारलाई कर्णालीमा accessible, reliable र customer-focused electric mobility ecosystem निर्माण गर्ने आफ्नो योजनाको महत्वपूर्ण हिस्सा मानेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?