काठमाडौंमा फेरि सुरु भयो यामाहा ब्लू फेस्ट, १० लाखसम्म क्यासब्याक अफर

लोकपथ
28
Shares

काठमाडौं । यामाहा नेपालको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले वार्षिक कार्यक्रम ‘यामाहा ब्लू फेस्ट’ आयोजना गर्ने भएको छ । कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा असोज ५ देखि १० गतेसम्म ‘द बिगेस्ट एक्सचेन्ज मेला’का रूपमा ब्लू फेस्ट आयोजना गर्न लागेको हो ।

मेलामा ग्राहकले यामाहाका नयाँ पुस्ताका हाइटेक मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज, अपग्रेड र फाइनान्सिङ गर्न सक्नेछन् । साथै, यामाहाका विभिन्न नयाँ तथा अपग्रेडेड मोडललाई नजिकबाट अवलोकन र टेस्ट राइड गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

मेलामा ‘चंगा चेट’ अभियानसमेत सार्वजनिक गरिनेछ । अभियानमार्फत पुराना दुईपांग्रे सवारीसाधन एक्सचेन्ज गरी नयाँ यामाहा खरिद गर्न ग्राहकलाई प्रोत्साहित गरिनेछ ।

ग्राहकले आफ्ना पुराना सवारीसाधन मेलास्थलमै ल्याएर तत्काल मूल्यांकन गराउन सक्नेछन् । त्यसका लागि ५० भन्दा बढी तालिमप्राप्त भ्यालुएटर परिचालन गरिनेछ । साथै, पुरानो सवारीसाधन एक्सचेन्ज गर्दा १० लाख रुपैयाँसम्मको क्यासब्याक उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सवारीसाधन खरिदलाई सहज बनाउन नागरिकताको आधारमा तत्काल फाइनान्सिङ सुविधा तथा ४० महिनासम्मको कम ईएमआई योजनासमेत उपलब्ध हुनेछ । मेला अवधिभर विभिन्न गतिविधिमा सहभागी हुने आगन्तुकले हाइटेक ग्याजेट जित्ने अवसरसमेत पाउनेछन् ।

एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले ब्लू फेस्टमार्फत नेपाली राइडरलाई प्रविधि र प्रदर्शनका क्षेत्रमा यामाहाले कायम गरेका विश्वस्तरीय मापदण्डसँग जोड्न खोजिएको बताए ।

‘यसपालिको ब्लू फेस्टमा हामीले ग्राहकका लागि अपग्रेडको प्रक्रियालाई आजसम्मकै सहज र थप लाभदायक बनाउने उद्देश्य राखेका छौं,’ उनले भने ।

छ दिनसम्म सञ्चालन हुने मेलामा खरिद तथा एक्सचेन्जसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना हुनेछन् । आगन्तुकले स्टन्ट शो, टेस्ट राइड, राइडर, क्रिएटर तथा सेलिब्रेटीसँग भेटघाट र कस्प्ले आर्टिस्टको प्रस्तुति हेर्न पाउनेछन् ।

त्यसैगरी, मेला अवधिभर विभिन्न डोर प्राइज तथा निःशुल्क एसेसरिजको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

पछिल्ला वर्षमा यामाहा नेपालको ब्लू फेस्ट दुईपांग्रे सवारीसाधनप्रेमीका लागि बहुप्रतीक्षित कार्यक्रमका रूपमा स्थापित हुँदै आएको छ । यस वर्ष विगतको तुलनामा अझ ठूलो संख्यामा आगन्तुक सहभागी हुने अपेक्षा कम्पनीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?