नयाँ टियागो ईभीसँग उत्सवको माहोल, ‘जोयफुल विक’मा आकर्षक अफर

लोकपथ
0
Shares

काठमाडौं । टाटा मोटर्सको नयाँ टियागो ईभी अब अझ आकर्षक अफरसहित नेपाली बजारमा उपलब्ध भएको छ ।

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ टियागो ईभीलाई लक्षित गर्दै ‘जोयफुल विक’ नामक विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । यो अवधिमा ग्राहकहरुले ४Þ लाख ३० लाख डाउनपेमेन्ट गरेर नयाँ टियागो ईभी घर लैजान सक्नेछन् ।

सेप्टेम्बर १९ देखि २६ सम्म सञ्चालन हुने यस कार्यक्रमको मुख्य उद्देश्य ग्राहकलाई आफ्नो पुरानो गाडी एक्सचेन्ज गरी नयाँ विद्युतीय गाडीमा अपग्रेड हुने अवसरसँगै विभिन्न आकर्षक सुविधा र उपहार प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसको मुख्य सन्देश नै एक्सचेन्ज, अपग्रेड, सेलिब्रेट रहेको छ ।

यस अन्तर्गत नयाँ टियागो ईभी बुकिङ गर्ने ग्राहकले हरेक बुकिङमा आकर्षक उपहार प्राप्त गर्नेछन् । त्यस्तै, ग्राहकले आफ्नो पुरानो गाडी एक्सचेन्ज गर्दा बेस्ट एभर एक्सचेन्ज भ्यालुएसनको सुविधा पाउनेछन्, जसले नयाँ विद्युतीय गाडीमा अपग्रेड गर्ने प्रक्रियालाई अझ सहज र आकर्षक बनाउनेछ ।

ग्राहकलाई थप सुविधा दिने उद्देश्यले यस अवधिभर गाडि खरिद गर्ने ग्राहकहरुको लागि निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर तथा निःशुल्क होम चार्जिङ इन्स्टलेसन जस्ता सुविधा पनि समावेश गरिएको छ । यसले ग्राहकलाई गाडीको मूल्यसँगै खरिदपछिका आवश्यक सुविधामा समेत थप लाभ दिनेछ ।

नयाँ टियागो ईभी आधुनिक डिजाइन, विद्युतीय ड्राइभिङको सहज अनुभव र दैनिक प्रयोगका लागि उपयुक्त विशेषताका कारण नेपाली बजारमा सर्वाधिक रुचाईएको विद्युतीय मोडल हो । आफ्नो पुरानो गाडीलाई नयाँ विद्युतीय सवारीसाधनमा परिर्वतन गर्न चाहने ग्राहकका लागि ‘जोयफुल विक’ ले एक्सचेन्जदेखि नयाँ गाडी खरिदसम्मको प्रक्रियालाई अझ उत्साहजनक बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

यस अवसरमा ग्राहकले नेपालभर रहेका टाटा मोटर्सको आधिकारिक शोरुममा सम्पर्क गरी नयाँ टियागो ईभीका बारेमा जानकारी लिन, टेस्ट ड्राइभ गर्न तथा उपलब्ध अफरबारे बुझ्न सक्नेछन् ।

अभियान सीमित अवधिका लागि मात्र सञ्चालन हुने भएकाले इच्छुक ग्राहकले सेप्टेम्बर १९ देखि २६ सम्म यो विशेष अवसरको लाभ लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?