काठमाडौं । सिप्रदी यात्रीले नयाँ इलेक्ट्रिक स्कुटर यात्री P2 सार्वजनिक गरेको छ । कम्पनीले P2 को सुरुवाती मूल्य ३ लाख २९ हजार रुपैयाँ तोकेको छ ।
P2 मा ग्राहकले आफ्नो आवश्यकता अनुसार ब्याट्री, रङ, कम्फर्ट र कनेक्टिभिटीका विभिन्न विकल्प छनोट गर्न सक्नेछन् ।
स्कुटरमा PMSM मिड–ड्राइभ मोटर प्रयोग गरिएको छ । कम्पनीका अनुसार यसले पाङ्ग्रामा ३१५ Nm टर्क दिन्छ। उकालोमा समेत राम्रोसँग चलाउन सकिने गरी स्कुटर तयार गरिएको कम्पनीको दाबी छ ।
P2 मा स्टिल च्यासिस, लामो ट्राभल सस्पेन्सन र १४ इन्चका पाङ्ग्रा छन् । सुरक्षाका लागि डुअल डिस्क ब्रेक र कम्बाइन्ड ब्रेकिङ सिस्टम दिइएको छ ।
तीन ब्याट्री विकल्प
P2 तीनवटा ब्याट्री विकल्पमा उपलब्ध हुनेछ ।
३.० kWh ब्याट्रीमा ९० किलोमिटरसम्म
३.७ kWh ब्याट्रीमा ११२ किलोमिटरसम्म
५.२ kWh ब्याट्रीमा १५७ किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ ।
थप रेन्ज चाहने ग्राहकले एक्स्टेन्डर प्याक प्रयोग गरेर थप ५० किलोमिटरसम्म यात्रा गर्न सक्नेछन् ।
ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी दिइएको कम्पनीले जनाएको छ ।
२.५ घण्टाभन्दा कममा चार्ज
P2 मा अनबोर्ड चार्जर राखिएको छ। यसका कारण घरमै चार्ज गर्दा छुट्टै चार्जर बोक्नुपर्ने हुँदैन ।
कम्पनीका अनुसार ब्याट्रीको प्रकारअनुसार घरमै २.५ घण्टाभन्दा कम समयमा स्कुटर चार्ज गर्न सकिन्छ। P2 मा DC फास्ट चार्जिङको सुविधा पनि छ । यसबाट करिब ४१ मिनेटमा चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।
सिप्रदी यात्रीले P2 प्रयोगकर्ताका लागि देशभर चार्जिङ नेटवर्क विस्तार गरिरहेको जनाएको छ ।
७ इन्चको डिस्प्ले र मोबाइलबाट ट्र्याक गर्न सकिने
P2 मा ७ इन्चको TFT डिस्प्ले राखिएको छ। यसमा वायरलेस Apple CarPlay र Android Auto को सुविधा छ ।
स्कुटरमा 4G कनेक्टिभिटी पनि दिइएको छ। मोबाइल एपबाट स्कुटर कहाँ छ भनेर हेर्न, चार्जको अवस्था थाहा पाउन, रुट बनाउन र सर्भिस बुक गर्न सकिने कम्पनीले जनाएको छ ।
त्यस्तै, प्रोक्सिमिटी डिटेक्सन प्रविधिका कारण चाबी नलगाई स्कुटर चलाउन सकिने सुविधा पनि छ ।
P2 मा विभिन्न राइडिङ मोड, स्मार्ट चार्जिङ, रिजेनेरेटिभ ब्रेकिङ, हिल होल्ड र क्रुज कन्ट्रोल जस्ता सुविधा छन् ।
सुरक्षाका लागि Class-D हेडलाम्प, एन्टी–थेफ्ट नोटिफिकेसन र मोटर लकको सुविधा पनि दिइएको छ ।
अक्टोबरदेखि डेलिभरी
काठमाडौंको टेकुमा रहेको सिप्रदी यात्रीको नयाँ Experience Center अक्टोबर २०२६ को पहिलो सातादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। त्यहाँ ग्राहकले P2 को टेस्ट राइड लिन र बुकिङ गर्न सक्नेछन् ।
NADA Auto Show मा P2 बुकिङ गरेका ग्राहकलाई डेलिभरी सुरु भएपछि स्कुटर उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
३.७ kWh र ५.२ kWh भेरियन्टको डेलिभरी अक्टोबरको मध्यदेखि नोभेम्बरसम्म सुरु हुनेछ। अन्य भेरियन्टको डेलिभरी भने डिसेम्बर २०२६ देखि सुरु हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार P2 दुई वर्षभन्दा लामो समयको विकासपछि तयार भएको हो । स्कुटर नेपालका सडक र यहाँको अवस्थालाई ध्यानमा राखेर विकास गरिएको सिप्रदी यात्रीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया