काठमाडौं । रोयल इन्फिल्डले नेपालमा हन्टर ३५० को नयाँ भेरियन्ट सार्वजनिक गरेको छ। कम्पनीले ‘टार्माक ब्ल्याक’ नामको नयाँ भेरियन्टसँगै हन्टर ३५० को टप भेरियन्टमा दुई नयाँ रंग पनि थपेको हो ।
नयाँ टार्माक ब्ल्याक भेरियन्टमा अलॉय ह्विल, राउन्ड ह्यालोजन हेडलाम्प, डिजी–एनालग इन्स्ट्रुमेन्ट क्लस्टर, रोटरी स्विचगियर, स्टिच्ड सिट र स्पोर्टी ग्राब रेल दिइएको छ ।
त्यस्तै, यसमा सिंगल च्यानल एबीएस र स्लिप एन्ड असिस्ट क्लच उपलब्ध छ । कम्पनीका अनुसार स्लिप एन्ड असिस्ट क्लचले गियर परिवर्तनलाई सहज बनाउँछ ।
दैनिक प्रयोगलाई सहज र पहुँचयोग्य बनाउने उद्देश्यले नयाँ भेरियन्ट ल्याइएको कम्पनीले जनाएको छ। हन्टर ३५० को सहज राइडिङ, चुस्त ह्यान्डलिङ र ‘प्योर मोटरसाइक्लिङ’ विशेषतालाई नयाँ भेरियन्टमा पनि निरन्तरता दिइएको कम्पनीको भनाइ छ ।
कम्पनीले हन्टर ३५० को टप भेरियन्टमा ‘मुम्बई येलो’ र ‘मुनसट ह्वाइट’ गरी दुई नयाँ रंग थपेको छ ।
मुम्बई येलो मुम्बईको कला, चलचित्र र जीवन्त शहरी वातावरणबाट प्रेरित रहेको कम्पनीले जनाएको छ। मुनसट ह्वाइटमा भने ओरायन अर्थात् शिकारी नक्षत्रबाट प्रेरित ग्राफिक्स तथा आकाशीय तत्व प्रयोग गरिएको छ ।
रोयल इन्फिल्डका चिफ कमर्सियल अफिसर यदविन्दर सिंह गुलरियाले हन्टर ३५० नेपालमा नयाँ पुस्ताका राइडरको रोजाइ बन्दै गएको बताए। डिजाइन, चुस्त ह्यान्डलिङ र दैनिक प्रयोगमा सहजताका कारण यसको लोकप्रियता बढिरहेको उनको भनाइ छ ।
नेपालमा रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभका निर्देशक मेघ राज पौडेलले हन्टर ३५० नेपाली राइडरमाझ लोकप्रिय बन्दै गएको बताए। नयाँ भेरियन्ट र रंगले ग्राहकलाई थप विकल्प उपलब्ध गराउने उनले बताए ।
नयाँ टार्माक ब्ल्याक भेरियन्टको मूल्य ४ लाख ८७ हजार रुपैयाँ तोकिएको छ। मुम्बई येलो र मुनसट ह्वाइट रंगमा उपलब्ध टप भेरियन्टको मूल्य भने ५ लाख ११ हजार रुपैयाँ रहेको छ ।
दुवै मूल्य एक्स–शोरुम नेपाल हुन् । नयाँ भेरियन्ट तथा रंगमा उपलब्ध हन्टर ३५० को बुकिङ तथा बिक्री १६ सेप्टेम्बर २०२६ देखि नेपालभर रहेका अधिकृत रोयल इन्फिल्ड डिलरमार्फत सुरु हुने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया