यामाहाको दसैँ अफर : १० लाखसम्मको पुरस्कार, ग्रान्ड प्राइजमा R15

लोकपथ
140
Shares

काठमाडौं । यामाहा नेपालले दशैंलाई लक्षित गर्दै ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ नामक फेस्टिभ क्याम्पेन सार्वजनिक गरेको छ । नयाँ प्रविधियुक्त यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै कम्पनीले उक्त अभियान ल्याएको हो ।

अभियानअन्तर्गत ग्राहकले QR कोड स्क्यान गरी रजिस्ट्रेसन गरेर १ लाख रुपैयाँसम्मका पुरस्कार जित्न सक्नेछन् । सवारीसाधन खरिद गरेपछि भेरिफिकेसनमार्फत भने १० लाख रुपैयाँसम्मको पुरस्कार जित्ने अवसर रहेको कम्पनीले जनाएको छ ।

रजिस्ट्रेसन गर्ने ग्राहकले अभियान अवधिभर हरेक हप्ता विभिन्न हाइटेक ग्याजेट जित्ने अवसरसमेत पाउनेछन् । यस्तै, अभियानको ग्रान्ड प्राइजअन्तर्गत एक भाग्यशाली विजेताले ब्रान्ड न्यू यामाहा R15 मोटरसाइकल जित्ने कम्पनीले जनाएको छ ।

दशैंको समयमा नयाँ सवारीसाधन खरिदलाई सहज बनाउन यामाहाले स्पट एक्सचेन्ज सुविधा पनि ल्याएको छ । यसअन्तर्गत ग्राहकले आफ्नो पुरानो सवारीसाधन तत्काल एक्सचेन्ज गरी नयाँ यामाहा मोटरसाइकल वा स्कुटर खरिद गर्न सक्नेछन् ।

त्यस्तै, MAW हायर पर्चेजमार्फत इजी फाइनान्स सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । ग्राहकले ‘लैजाऊ घर, नागरिकताको भरमा’ योजना पनि लिन सक्नेछन् । यस योजनाअन्तर्गत नागरिकताको कागजातका आधारमा सवारीसाधन घर लैजान सकिने कम्पनीले जनाएको छ ।

अभियानमा यामाहाका स्पोर्ट्स बाइक, कम्युटर मोटरसाइकल र स्कुटरसहित सम्पूर्ण मोडल रेन्ज समेटिएको छ ।

यसैबीच, यामाहाले अभियानबाट प्राप्त आम्दानीको केही हिस्सा हालैको बाढीबाट प्रभावित समुदायको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा योगदान गर्ने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?