सत्तारुढ रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

लोकपथ
0
Shares

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वदलीय बैठक आह्वान गरेको छ ।

रसुवा बाढीपछिको परिस्थितिबारे छलफल गर्न रास्वपाले सर्वदलीय बैठक आह्वान गरेको हो । पार्टी सभापति रवि लामिछानेले शीर्ष नेतृत्वहरुबिच छलफलका लागि बुधबारका लागि सर्वदलीय बैठक आह्वान गरेको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठनका लागि बैठक आह्वान गरिएको उनले बताए ।
बैठक बुधबार बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।

गत भदौ १० को रसुवाको भोटेकोशीमा आएको बाढीपछि रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक आह्वान गरी छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?