काठमाडौं । गरिमा विकास बैंकले भोटेकोशी बाढीपछिको उद्धार, राहत र पुनस्थापनाका लागि सरकारलाई १ करोड बढी आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
भदौ १० को विनाशकारी बाढीपछिको परिस्थितिमा बैंकको तर्फबाट र कार्यरत कर्मचारीको तर्फबाट गरी १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।
बैंकका सम्पूर्ण कर्मचारीहरुको तर्फबाट एक दिनको तलब तथा भत्ता बराबरको रकम १६ लाख २० हजार ५५० र बैंकको तर्फबाट नगद ३४ लाख ९० हजार ५६१ समेत जम्मा रकम ५१ लाख ११ हजार १११ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको बैंकले जनाएको छ ।
साथै, बैंकले प्रभावित क्षेत्रको शिक्षा, स्वास्थ्य तथा नागरिकको पुर्नस्थापना सम्बन्धी कार्यक्रममा संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट स्थानीय निकायसँगको समन्वयमा थप ५० लाख रुपैयाँ बराबरको प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया