फुड इम्पायरले बाढीपीडितलाई दियो २० हजार डलर

लोकपथ
0
Shares

काठमाडौं । म्याक कफी उत्पादन गर्ने सिंगापुरको फुड इम्पायर होल्डिङ्स लिमिटेडले नेपालका बाढी प्रभावित नागरिकका लागि २० हजार अमेरिकी डलर बराबरको सहयोग गरेको छ ।

कम्पनीले नेपाल चेम्बर अफ कमर्स (एनसीसी) मार्फत बाढी प्रभावित क्षेत्रमा राहत तथा मानवीय सहायता पुर्‍याउन उक्त सहयोग गरेको हो । रसुवालगायत बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री उपलब्ध गराउने उद्देश्यले सहयोग गरिएको जनाइएको छ ।

नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य तथा आर्कस ग्रुपका सीईओ रजुल श्रेष्ठका अनुसार फुड इम्पायरले आर्कस ग्रुपसँगको समन्वयमा चेम्बरमार्फत सहयोग गरेको हो ।

उनका अनुसार प्राप्त रकमबाट प्रभावित नागरिकको तत्कालीन आवश्यकताका आधारमा खाद्यान्न, लत्ताकपडा, सेनेटरी प्याडलगायतका अत्यावश्यक सामग्री वितरण भइरहेको छ । पहिलो चरणमा माथिल्लो त्रिशूली क्षेत्रमा करिब ३ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको छ ।

श्रेष्ठका अनुसार बाढी प्रभावित क्षेत्रको आवश्यकताका आधारमा थप २७ लाख रुपैयाँ बराबरको राहत सामग्री पठाउने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?