जिल्ला र उच्च अदालतमा गरी ४ न्यायाधीश नियुक्त, २२ जनाको सरुवा [सूचीसहित]

लोकपथ
0
Shares

काठमाडौं । एक जना जिल्ला न्यायाधीश र ३ जना उच्च अदालतका न्यायाधीशको नियुक्ति भएको छ ।

मंगलबार बसेको न्यायपरिषद्को बैठकले जिल्ला र उच्च अदालतका गरी ४ जना न्यायाधीशको नियुक्ति र अन्य न्यायाधीशहरुको सरुवा गरेको हो ।

न्याय परिषद्को निर्णय अनुसार उच्च अदालतको न्यायाधीश नियुक्त हुनेहरुमा सर्वोच्च अदालतका रजिष्टार भद्रकाली पोखरेल, जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्वासे, फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक रहेका गजेन्द्रबहादुर सिंह रहेका छन् ।

पोखरेललाई उच्च अदालत सुर्खेत, बेल्वासेलाई उच्च अदालत जनकपुर र सिंहलाई उच्च अदालत विराटनगरमा पदस्थापनाका लागि सिफारिस गरिएको छ ।

यसैगरी सर्वोच्च अदालतका इजलास अधिकृत रहेका भरतकुमार दाहाल जिल्ला अदालत कैलालीको न्यायाधीशका रुपमा नियुक्ति दिइएको छ ।

यसैगरी २२ जना उच्च अदालतका न्यायाधीशहरुको सरुवा गरिएको छ ।

सूची हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?