राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सिंहदरबारप्लाजास्थित कर्पोरेट शाखाबाट सन्ध्याकालीन काउण्टर सेवा सुरु गरेको छ ।

बैंकले भदौ २२ गते सोमबारदेखि नियमित कार्यालय समयपछि थप एक घण्टा सेवा दिन थालेको हो । अब ग्राहकले साँझ ५ बजेदेखि ६ बजेसम्म चेक भुक्तानी, नगद जम्मा लगायत सीमित बैंकिङ सेवा लिन सक्नेछन् ।

यो सुविधाले नियमित कार्यालय समयमा कारोबार गर्न नसकेका ग्राहकलाई अत्यावश्यक बैंकिङ काम पूरा गर्न सहज हुने बैंकको अपेक्षा छ ।

राष्ट्रिय वाणिज्य बैंकले हाल ७७ वटै जिल्लामा ३१६ शाखा र ३३८ एटीएममार्फत ४८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ । बैंकले निक्षेप, कर्जा, एटीएम, मोबाइल बैंकिङ लगायतका आधुनिक डिजिटल सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?