जसपा नेपालद्वारा रसुवा बाढीपीडितका लागि २१ लाख सहयोग

लोकपथ
42
Shares

.काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले रसुवा बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २१ लाख रुपैयाँ सहयोग गरेको छ ।

जसपा नेपालका महासचिवद्वय प्रकाश अधिकारी र सुरेन्द्रकुमार झा नेतृत्वको टोलीले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम बराबरको बैंक चेक हस्तान्तरण गरेको हो ।

चेक हस्तान्तरण कार्यक्रममा विपद् व्यवस्थापन तथा राहत संकलन समितिका संयोजक एवं पूर्वमन्त्री शैलेन्द्रप्रसाद साहसहित समितिका सदस्यहरूको पनि उपस्थिति रहेको महासचिव झाले जानकारी दिए ।

महासचिव झाले संकटको यस घडीमा जसपा नेपाल विपद् प्रभावित नागरिकको साथमा रहेको बताए । उनले नेपाल सरकारको उद्धार, राहत तथा पुनर्स्थापना अभियानमा पार्टीले समर्थन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?