चितवनमा सार्वजनिक हुँदै चाङ्गानको नयाँ नेभो क्यु ०५, भदौ २९ देखि टेस्ट ड्राइभ

लोकपथ
28
Shares

काठमाडौं । चाङ्गानको नयाँ विद्युतीय एसयूभी ‘नेभो क्यु ०५’ चितवनमा सार्वजनिक हुने भएको छ । एमएडब्लु वृद्धि अटोकर्पअन्तर्गतको अधिकृत चाङ्गान डिलर राजहंस अटोमोबाइलले आगामी साता चितवनमा गाडी सार्वजनिक गर्ने तयारी गरेको हो ।

गाडी सार्वजनिक गर्नुअघि ग्राहकले भदौ २९ देखि ३१ गतेसम्म डिपल चितवन सोरुममा नेभो क्यु ०५ को टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

नेभो क्यु ०५ चाङ्गानको नयाँ ऊर्जा सवारीसाधन पोर्टफोलियोअन्तर्गतको कम्प्याक्ट इलेक्ट्रिक एसयूभी हो। गाडीमा आकर्षक डिजाइनसँगै आधुनिक प्रविधि र फराकिलो केबिन उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

गाडीको ह्वीलबेस २ हजार ७३५ मिलिमिटर रहेको छ । पछाडिका सिटलाई आवश्यकता अनुसार ढल्काउन मिल्ने भएकाले यात्रामा थप आराम मिल्ने कम्पनीको दाबी छ । त्यस्तै, ५४० लिटरको बुट स्पेस रहेकाले सामान राख्न पनि पर्याप्त ठाउँ उपलब्ध हुन्छ ।

नेभो क्यु ०५ मा ५१.९ किलोवाट आवरको एलएफपी ब्याट्री जडान गरिएको छ। चाङ्गानको ‘गोल्डेन सिल्ड २’ ब्याट्री सिस्टमसँग जोडिएको यस गाडीले फास्ट चार्जिङ सपोर्ट गर्छ। यसमा अधिकतम १६२ किलोवाटको डीसी चार्जिङ क्षमता रहेको छ ।

कम्पनीका अनुसार नेभो क्यु ०५ चीनमा पछिल्लो पाँच महिनादेखि कम्प्याक्ट एसयूभी बिक्रीमा पहिलो स्थानमा रहँदै आएको छ। अगस्ट २०२६ को अन्त्यसम्म यसको बिक्री १ लाख २५ हजार युनिटभन्दा बढी पुगेको कम्पनीले जनाएको छ ।

फराकिलो केबिन, आकर्षक डिजाइन र आधुनिक प्रविधिका कारण नेभो क्यु ०५ ले नेपालमा कम्प्याक्ट इलेक्ट्रिक एसयूभी बजारमा नयाँ विकल्प थप्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?