काठमाडौं । नेपालमा पेप्सी कम्पनीका नामले परिचित बहुराष्ट्रिय कम्पनी वरुण वेभरेज प्रालिमा कार्यरत कर्मचारीहरुले समेत सरकारी राहत कोषमा आर्थिक सहयोग गरेका छन् ।
वरुण वेभरेजमा कार्यरत कर्मचारीहरुले भोटेकोशी बाढीपछिको उद्धार, राहत र पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८ लाख १ हजार सहयोग उपलब्ध गराएका हुन् ।
कम्पनीमा विभिन्न तहमा कार्यरत प्रत्येक कर्मचारीको एक दिन बराबरको तलब कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि छुट्टाइएको हो ।
पेप्सी, माउन्टेन ड्यू लगायत पेय पदार्थ उत्पादन गर्दै आएको वरुण वेभरेजको नेपालमा दुई वटा प्लान्ट रहेका छन् ।
त्यसो त यसअघि नै वरुण वेभरेजले कम्पनीका तर्फबाट सरकारी राहत कोषमा १ करोड १ लाख हस्तान्तरण गरिएको थियो ।
गत भदौ १५ गते कम्पनीका प्रतिनिधिहरुले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी १ करोड १ लाख बराबरको चेक हस्तान्तरण गरेका थिए । साथै बाढीपछिको राहत र पुनस्थापनाका लागि आफूहरु सधैँ सरकारको साथमा रहेको समेत कम्पनीले प्रतिबद्धता जनाउँदै आइरहेको छ ।
कम्पनीका बारेमा
पेप्सी कम्पनीको नामले परिचित वरुण वेभरेज पेप्सी, मिरिन्डा, माउन्टेन ड्यु, स्लाइस, स्टिङ इजर्नी ड्रिंक्स आदि उत्पादन गरिरहेको उद्योग हो । चिसो पेय पदार्थको उत्पादन र बिक्री वितरणमा नेपालमा वरुण वेभरेजको बजार हिस्सा करिब ४५ प्रतिशत रहेको छ भने त्यसको करिब ८५ प्रतिशत हिस्सा माउन्टेन ड्युको मात्रै रहेको छ ।
वरुण वेभरेज प्रालि लगातार नाफा कमाइरहेको ठुलो करदाता समेत हो ।
वेभरजेले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौंको पेप्सीकोलामा आरु नामक स्वास्थ्य क्लिनिक स्थापना गरी निःशुल्क स्वास्थ्य जाँच र औषधी वितरणसमेत गरिरहेको छ भने विराटनगरमा निःशुल्क आँखा क्लिनिक सञ्चालन गरिरहेको छ ।
त्यसबाहेक आफ्नो प्लान्ट रहेको नवलपरासीमा समेत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर काम गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया