केएफसी पिज्जा हटद्वारा सरकारलाई ३१ लाख आर्थिक सहयोग

लोकपथ
0
Shares

काठमाडौं । विश्वको चर्चित फास्टफुड ब्राण्ड बनेको केएफसी पिजा र हटले बाढी प्रभावितलाई सहयोग उपलब्ध गराएको छ ।

नेपालमा देवयानी इन्टरनेशनल प्रालिद्वारा सञ्चालित केएफसी र पिज्जा हटले सरकारलाई ३१ लाख हस्तान्तरण गरेको हो ।

पिज्जा हटका प्रतिनिधिहरुले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

अहिले बाढीका मुलुक गम्भीर संकटमा रहेको बताउँदै आगामी दिनमा सरकारसँग आफूहरु हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता समेत कम्पनीका प्रतिनिधिहरुले जनाएका छन् ।

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि सरकारले सहयोगका लागि सार्वजनिक अपील गरेको थियो ।

सरकारको आह्वान अनुसार व्यक्तिगत, संस्थागत रुपमा सहयोग आइरहेको छ । राष्ट्रिय स्तरका साथै बहुराष्ट्रिय कम्पनीहरुले समेत सरकारलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

हालसम्म १२ अर्ब भन्दा बढी रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?