ग्रेटवालको नयाँ ट्याङ्क ७०० एलडब्ल्यूबी सार्वजनिक, ६ सिट र १९० किमि विद्युतीय रेन्ज

लोकपथ
98
Shares

काठमाडौं । चिनियाँ अटो निर्माता ग्रेटवाल मोटरले ट्याङ्क ७०० को लामो ह्विलबेस संस्करण सार्वजनिक गर्ने तयारी गरेको छ ।

चिनियाँ उद्योग तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको नियमनकारी दस्तावेजमा नयाँ ट्याङ्क ७०० एलडब्ल्यूबीको विवरण सार्वजनिक भएको हो ।

नयाँ संस्करणमा तीन पङ्क्तिमा ६ वटा सिट रहनेछन् । यसको लम्बाइ ५ हजार ४ सय ४५ मिलिमिटर र ह्विलबेस ३ हजार १ सय ५० मिलिमिटर रहेको छ ।

ट्याङ्क ७०० एलडब्ल्यूबीमा २.० लिटरको प्लग–इन हाइब्रिड र ३.० लिटरको ट्विन–टर्बो भी–६ इन्जिन गरी दुईवटा विकल्प दिइनेछ ।

२।० लिटरको हाइब्रिड संस्करणले १८५ किलोवाट पावर र ३८५ न्यूटन मिटर टर्क उत्पादन गर्नेछ । यसमा ५९.०५ किलोवाट आवरको ब्याट्री राखिएको छ। डब्लुएलटीसी परीक्षणअनुसार यसले एकपटक चार्ज गर्दा १९० किलोमिटरसम्म विद्युतीय रेन्ज दिनेछ ।

त्यस्तै, ३.० लिटरको ट्विन–टर्बो भी–६ इन्जिनले २६५ किलोवाट पावर उत्पादन गर्नेछ । यो संस्करणको ब्याट्री क्षमता र विद्युतीय रेन्ज भने सार्वजनिक गरिएको छैन ।

नयाँ ट्याङ्क ७०० एलडब्ल्यूबीमा २ं२ं२ सिट लेआउट रहनेछ । दोस्रो पङ्क्तिमा क्याप्टेन चेयर राखिनेछ । यसको कुल तौल ३ हजार ३ सय ९६ देखि ३ हजार ४ सय ८० किलोग्रामसम्म हुनेछ ।

यसले २ हजार ५ सय किलोग्रामसम्मको ब्रेकसहितको ट्रेलर तान्न सक्ने क्षमता राख्नेछ। एसयूभीमा २० र २२ इन्चका ह्विल विकल्प उपलब्ध हुनेछन् ।

लामो ह्विलबेस संस्करणको बडी मानक ट्याङ्क ७०० भन्दा ठूलो हुनेछ । यसको लम्बाइ ३४० मिलिमिटर, चौडाइ ६५ मिलिमिटर र उचाइ ३६ मिलिमिटर बढाइएको छ भने ह्विलबेस १५० मिलिमिटरले थपिएको छ ।

बाहिरी डिजाइनमा ठूलो ह्विल आर्च, चौडा बडी, पछाडि स्पेयर ह्विल र ड्राइभर असिस्ट क्यामेरासहितको रुफ स्पोइलर राखिएको छ ।

ट्याङ्क ७०० एलडब्ल्यूबी चीनमा बीवाईडीको याङ्गवाङ यू७ जस्ता ठूला एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ। ग्रेटवाल मोटरले नयाँ ट्याङ्क ७०० एलडब्ल्यूबीको मूल्य र बिक्री सुरु हुने मिति भने अहिलेसम्म सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?