हेफर इन्टरनेशनल नेपालद्वारा दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग

लोकपथ
42
Shares

काठमाडौं । हेफर इन्टरनेशनल नेपाल र संस्थाका कर्मचारीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ ।

भोटेकोसी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम सहयोग गरेको हो ।

बाढीका कारण प्रभावित क्षेत्रमा मानवीय क्षतिसँगै घर, पूर्वाधार तथा जीविकोपार्जनका साधनमा व्यापक क्षति पुगेको छ । विपद्का कारण हजारौँ परिवार विस्थापित भएका छन् भने अत्यावश्यक सेवाको पहुँचमा समेत असर परेको छ ।

हेफर नेपालले आफ्नो योगदानलाई विपद् प्रभावित परिवारप्रतिको उत्तरदायित्व र ऐक्यबद्धताको अभिव्यक्ति भएको जनाएको छ ।

संस्थाले प्रभावित क्षेत्रमा उद्धार तथा राहतका प्रयासहरू थप चुनौतीपूर्ण बन्दै गएकाले पीडित परिवारलाई तत्काल सहयोग आवश्यक रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?