काठमाडौं । अमेरिकाको ठूलो एआई कम्पनी एनिभिडियाले नेपालका लागि १ करोड अमेरिकी डलर बराबरको सहयोग गर्ने घोषणा गरेको छ ।
नेपालको हालको सटहीदरअनुसार १ अर्ब ५१ करोड बराबर रकम एकै संस्थाले दिएको हो ।
एनभिडियाका सीईओ जेन्सन हवाङले उक्त रकम सहयोग गर्ने घोषणा गरेको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जानकारी दिए ।
अर्थमन्त्री डा. वाग्लेका अनुसार यस सहयोगसँगै हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १० अर्ब भन्दा बढी रकम सहयोग प्राप्त भएको छ ।
एनभिडिया र जेन्सन हवाङको तर्फबाट आएको उक्त सहयोग व्यक्तिगत तर्फ हालसम्मकै ठूलो रकम हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया