धरानमा एथरको नयाँ अनुभव केन्द्र सञ्चालनमा, उद्घाटनअघि नै २५ भन्दा बढी बुकिङ

लोकपथ
28
Shares

काठमाडौं । नेपालमा विद्युतीय मोबिलिटीप्रति आकर्षण बढ्दै गएसँगै एथर नेपालले आफ्नो उपस्थिति थप विस्तार गरेको छ । एथर नेपालको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले धरान–१, छाता चोकमा नयाँ एथर अनुभव केन्द्र सञ्चालनमा ल्याएको हो ।

भदौ १७ गते कार्यवाहक मेयर ऐन्द्र विक्रम बेघा र सुनसरी उद्योग वाणिज्य संघका प्रमुख गोपाल श्रेष्ठको उपस्थितिमा अनुभव केन्द्रको औपचारिक उद्घाटन गरिएको हो । नयाँ केन्द्र सञ्चालनमा आएसँगै नेपालमा एथरका अनुभव केन्द्रको संख्या १३ पुगेको कम्पनीले जनाएको छ ।

धरानमा अनुभव केन्द्र सञ्चालनमा आएसँगै पूर्वी नेपालका ग्राहकले एथरका उत्पादन, प्रविधि तथा राइडिङ अनुभव प्रत्यक्ष रूपमा लिन सक्ने भएका छन् । एथरले यसअघि काठमाडौं, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, वीरगञ्ज र बिर्तामोडलगायतका शहरमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ ।

धरानस्थित अनुभव केन्द्रमा ग्राहकले एथरको ४५० सिरिज, नयाँ ४५० एक्स ओभरटोन सिरिज तथा परिवारको दैनिक आवश्यकतालाई लक्षित गरी तयार गरिएको रिज्ता हेर्न र टेस्ट राइड गर्न सक्नेछन् ।

एथरको नयाँ पुस्ताको ४५० सिरिजमा म्याजिक ट्विस्ट, इन्फिनिट क्रुज र भ्वाइस इन्टर्याक्सनजस्ता फिचर उपलब्ध छन् । यी फिचरले राइडिङलाई थप सहज र प्रविधिमैत्री बनाउने कम्पनीको दाबी छ ।

त्यस्तै, रिज्तालाई कम्फर्ट, प्राक्टिकलिटी तथा पारिवारिक दैनिक प्रयोगलाई ध्यानमा राखेर तयार गरिएको कम्पनीले जनाएको छ । यसले ४५० सिरिजसँगै दैनिक पारिवारिक मोबिलिटीका लागि अर्को विकल्प प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

धरानमा अनुभव केन्द्रको औपचारिक उद्घाटनअघि नै २५ भन्दा बढी बुकिङ प्राप्त भइसकेको कम्पनीले जनाएको छ । यसले धरान तथा आसपासका क्षेत्रमा प्रिमियम विद्युतीय स्कुटर र नयाँ पुस्ताको प्रविधिप्रति ग्राहकको चासो बढ्दै गएको देखाउने कम्पनीको भनाइ छ ।

अनुभव केन्द्र उद्घाटनको अवसरमा भदौ २३ गतेसम्म विशेष ओपनिङ स्किम पनि उपलब्ध गराइएको छ । ग्राहकले आफ्नो आवश्यकता अनुसार एक्स्टेन्डेड ब्याट्री वारेन्टी, ५० प्रतिशत डाउन पेमेन्टमा शून्य ब्याजदर वा थप ८ हजार रुपैयाँको भ्यालुएसन बेनिफिटमध्ये कुनै एक सुविधा छनोट गर्न सक्नेछन् ।

वैद्य इनर्जीले नेपालमा एथरको बिक्रीसँगै बिक्रीपछिको सेवा र चार्जिङ पूर्वाधारलाई पनि विस्तार गरिरहेको जनाएको छ । एथरको ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध रहेको तथा ब्याट्री हेल्थ ७० प्रतिशत कायम रहने एस्योरेन्स दिइएको कम्पनीको दाबी छ ।

त्यसैगरी, नेपालभर १० भन्दा बढी अधिकृत सर्भिस सेन्टर सञ्चालनमा रहेको र ५० भन्दा बढी फास्ट चार्जिङ ग्रिड निर्माण भइसकेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?