एभरेष्ट बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ३ करोड ११ लाखभन्दा बढी सहयोग

कर्मचारीहरूको तर्फबाट ६० लाख ५४ हजार ६ सय रुपैयाँ सहयोग

लोकपथ
49
Shares

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३ करोड ११ लाख ५४ हजार ६ सय रुपैयाँ सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ५१ लाख रुपैयाँ र कर्मचारीहरूको तर्फबाट ६० लाख ५४ हजार ६ सय रुपैयाँ गरी कुल ३ करोड ११ लाख ५४ हजार ६ सय रुपैयाँ नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरेको हो ।

नगद सहयोगसँगै बैंकका कर्मचारीहरूले संकलन गरेका अत्यावश्यक राहत सामग्रीसमेत विपद् प्रभावित क्षेत्रमा पठाउन सम्बन्धित निकायलाई प्रत्यक्ष हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

बैंकले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय तह, संघसंस्था तथा सहयोगी सबैप्रति आभार व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?