काठमाडौं । साताको कारोबारको बुधबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । नेप्से १५.४४ अंकले बढेर २ हजार ५३८.११ विन्दुमा पुगेको हो ।
यस दिन सेन्सेटिभ इन्डेक्स ३.०२ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १.२२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.१७ अंकले उकालो लागेको छ ।
नेप्सेसँगै कारोबार रकममा पनि सामान्य सुधार भएको छ। अघिल्लो दिन २ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ३५४ वटा स्टकको ३९ हजार ६७३ पटक कारोबार भएको छ । दिनभर ७२ लाख ६८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम २ अर्ब ९४ करोड २७ लाख ८१ हजार रुपैयाँ पुगेको छ ।
यस दिन उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै ११।८७ प्रतिशतले बढेको छ। माथिल्लो मैलुङ खोला जलविद्युत र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य पनि १० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
कारोबार रकमका आधारमा सानिमा मिडिल तमोर हाइड्रोपावर अगाडि रहेको छ । कम्पनीको १४ करोड १७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १२ करोड रुपैयाँभन्दा बढी र सोलु हाइड्रोपावरको १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये ११ वटा उपसमूहको परिसूचक बढ्दा दुईवटा उपसमूह घटेका छन् । जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा धेरै ०.९५ प्रतिशतले बढेको छ । म्युचुअल फन्ड र निर्जीवन बीमा उपसमूहका परिसूचक भने सामान्य अंकले घटेका छन् ।
समग्रमा, बुधबार नेप्से दोहोरो अंकले बढ्नुका साथै कारोबार रकममा समेत सामान्य सुधार देखिएको छ । सकारात्मक बनेको बजार २ हजार ५३८.११ विन्दुमा पुगेर बन्द भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया