भोटेकोशी बाढी पीडितलाई सिटिजन लाइफको १ करोड ५१ लाख सहयोग

लोकपथ
28
Shares

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि सिटिजन लाइफ इन्स्योरेन्सले १ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीले उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

सहयोग रकममध्ये सिटिजन लाइफका लिडर्सहरूले १८ लाख ६७ हजार रुपैयाँ र कर्मचारीहरूले २१ लाख ३३ हजार रुपैयाँ योगदान गरेका छन् ।

कम्पनीका अध्यक्ष प्रदीप जङ्ग पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र नायब प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव दीपबहादुर बिसीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

यसैबीच, कम्पनीले बाढीबाट प्रभावित आफ्ना बीमित र उनीहरूका परिवारको अवस्थाबारे जानकारी लिन कर्मचारी तथा अभिकर्तालाई निर्देशन दिएको छ । प्रभावित बीमितले बीमा दाबी गर्नुपर्ने अवस्था आएमा प्रक्रिया छिटो र सहज बनाउन आवश्यक सहजीकरण गर्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?