यामाहाले नाडा अटो शोमा सार्वजनिक गर्‍यो ‘एक्सएसआर १५५’

लोकपथ
0
Shares

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रालिले ‘नाडा अटो शो २०२६’ मा नयाँ मोटरसाइकल ‘एक्सएसआर १५५’ सार्वजनिक गरेको छ ।

भृकुटीमण्डपमा जारी अटो शोमा कम्पनीले ‘बर्न टु स्ट्याण्ड आउट’ अभियानअन्तर्गत एक्सएसआर १५५ सार्वजनिक गरेको हो ।

रेट्रो र आधुनिक डिजाइनको संयोजन गरिएको यो मोटरसाइकल फरक शैलीका मोटरसाइकल मन पराउने राइडरलाई लक्षित गरिएको कम्पनीले जनाएको छ । यसमा टियरड्रप आकारको फ्युल ट्याङ्क, गोलो एलईडी हेडलाइट, फ्ल्याट बेन्च शैलीको सिट र १५५ सीसीको इन्जिन रहेको छ ।

कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले एक्सएसआर १५५ नेपाली बजारमा आफ्नो छुट्टै पहिचान बनाउन चाहने ग्राहकका लागि राम्रो विकल्प हुने बताए ।

मोटरसाइकल सार्वजनिक भएसँगै कम्पनीले यसको प्रि–बुकिङ पनि खुला गरेको छ । इच्छुक ग्राहकले भदौ १४ गतेसम्म चल्ने नाडा अटो शोमा रहेको यामाहाको स्टलबाट प्रि–बुकिङ गर्न सक्नेछन् ।

अटो शोमा अवलोकनकर्ताले एक्सएसआर १५५ प्रत्यक्ष हेर्नुका साथै कम्पनीका प्रतिनिधिबाट मोटरसाइकलका विशेषता र प्राविधिक जानकारी लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?