काठमाडौं । सामसङले मनसुनलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले टीभी तथा होम अप्लायन्सेस खरिदमा २३ प्रतिशतसम्म क्यासब्याकसहित विभिन्न उपहार दिने भएको हो ।
अफरअन्तर्गत टीभी, वासिङ मेसिन, रेफ्रिजेरेटरलगायतका घरायसी उपकरण खरिदमा ग्राहकले विशेष सुविधा पाउनेछन् । कम्पनीका अनुसार चुनिएका होम अप्लायन्सेस खरिदमा २३ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ ।
त्यस्तै, सामसङका विभिन्न टीभी मोडल खरिद गर्दा १२ महिनासम्म निःशुल्क नेट टीभी र निःशुल्क साउन्डबारलगायतका उपहार पाइनेछ ।
७ केजीदेखि १२ केजीसम्मका एआई इकोबबल वासर ड्रायर तथा फ्रन्ट लोड वासिङ मेसिन खरिदमा पनि २३ प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
ग्राहकले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत सञ्चालन भइरहेको सामसङ ईजी फाइनान्स सर्भिसबाट होम अप्लायन्सेस खरिद गर्दा २४ महिनासम्मको किस्ताबन्दी सुविधा पनि पाउनेछन् ।
कम्पनीका अनुसार यो अफरले ग्राहकलाई आवश्यक घरायसी उपकरण सहज रूपमा खरिद गर्न सहयोग पुग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया