बूढीगण्डकी बाढी : नेपाली सेनाद्वारा ३६ जनाको उद्धार

लोकपथ
14
Shares

काठमाडौं । आइतबार बिहान गोरखास्थित बूढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित भएका हालसम्म ३६ जनाको उद्धार भएको छ ।

नेपाली सेनाले हालसम्म ३६ जनाको उद्धार गरेको र अन्यको खोज तथा उद्धारका लागि समन्वय भइरहेको जनाएको छ ।

बाढीपछि नेपाली सेनाको ४ वटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको टोलीले उनीहरुको उद्धार गरेको हो ।

जसअन्तर्गत जगत इलाकाबाट ६ जना, न्याक्फेदीबाट ९ जना तथा यारुबाट १ शिशु तथा १ विदेशीसहित ९ जना र पायुबाट १२ जना गरी हालसम्म जम्मा ३६ जनाको उद्धार गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?