भिभोको ‘फेस्टिभ सेयर’ अभियान, स्मार्टफोन किन्दा १० हजारसम्म छुट र थाइल्यान्ड भ्रमणको अवसर

लोकपथ
0
Shares

काठमाडौं । दशैँ र तिहारलाई लक्षित गर्दै भिभोले ‘भिभो फेस्टिभ सेयर’ नामक विशेष अभियान सुरु गरेको छ ।

‘तपाईंको सानो साथ, कसैको ठूलो चाड’ भन्ने नारासहित सञ्चालन भइरहेको अभियानमा भिभो स्मार्टफोन खरिद गर्ने ग्राहकले विभिन्न उपहारसँगै १० हजार रुपैयाँसम्मको नगद छुट भाउचर पाउनेछन् । साथै, थाइल्यान्ड भ्रमण जित्ने अवसरसमेत रहेको कम्पनीले जनाएको छ ।

असोज १५ देखि मंसिर ४ गतेसम्म सञ्चालन हुने अभियानमा ग्राहकले स्मार्टफोन खरिद गरेपछि ‘स्पिन एन्ड विन’ मा सहभागी हुन सक्नेछन् । यसमा भिभो स्मार्टफोन, भिभो स्पिकर, नेकब्यान्ड, मग र एक वर्षको अतिरिक्त वारेन्टीलगायतका उपहार जित्न सकिनेछ ।

स्पिन एन्ड विनमा सहभागी हुने योग्य ग्राहकहरू बम्पर पुरस्कारका लागि पनि स्वतः सहभागी हुनेछन् । बम्पर पुरस्कारअन्तर्गत दुई जना भाग्यमानी ग्राहकले थाइल्यान्ड भ्रमणको अवसर पाउनेछन् ।

अभियानको अर्को मुख्य आकर्षण १० हजार रुपैयाँसम्मको नगद छुट भाउचर हो । ग्राहकले आफूले पाएको यो भाउचर साथी, परिवारका सदस्य वा प्रियजनसँग बाँड्न सक्नेछन् ।

भिभोका ब्रान्ड म्यानेजर दिपेश खनालले दशैं र तिहारको अवसरमा ग्राहकसँग जोडिन र चाडपर्वको खुसी बाँड्न अभियान सञ्चालन गरिएको बताए ।

उनले अभियानलाई केवल छुट र उपहारमा सीमित नराखी आफूले पाएको लाभ अरूसँग पनि बाँड्न सकिने अवधारणासँग जोडिएको बताए ।

अभियानअन्तर्गत ग्राहकले नजिकैको आधिकारिक भिभो स्टोर वा अधिकृत विक्रेताबाट स्मार्टफोन खरिद गरी ‘स्पिन एन्ड विन’ मा सहभागी हुन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?